झापा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अध्ययनरत तीन जना विद्यार्थीले बनाएको एप्लिकेशन इजरायली कम्पनीले खरिद गरेको छ । बीसीए पाँचौँ सेमिस्टरमा अध्ययनरत तीन जना विद्यार्थीहरूले बनाएको ‘वाईफाई थीफ डिटेक्टर’ नामक एप्लिकेशन इजरायलको ग्यालेक्सी स्टुडियोले १३ लाख रुपैयाँमा खरिद गरेको हो । उक्त एप्लिकेशन मेची बहुमुखी क्याम्पसका विद्यार्थीहरू बिर्तामोड ९ का उत्सव दाहाल, भद्रपुर ९ का तेज मगर र मेचीनगर ६ का राहुल विष्टले संयुक्त रुपमा तयार गरेका हुन् ।

Similar Posts