नेपाल आइडल सिजन ५ का विजेता करण परियार को स्वर , सम्राट दाहाल को अभिनय तथा सुमन दाहाल को निर्देशन मा “अस्ती भन्दा ” टाईटल को गित शुक्रवार युटुवमा सार्वजनिक भएको छ। गितमा दीपक शर्माको संगीत रहेको छ भने, गीतले समयसँगै मान्छे कसरी परिवर्तन हुन बाध्य हुन्छ भन्ने कुरा वताउछ ।

सुमन दाहालको निर्देशन रहेको भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको छ । अभिनय मा अव्वल वन्दै गएका सम्राट वाल अवस्थादेखी नै विभिन्न वालगित तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन र भविष्यमा नेपाली चलचित्र मा समेत अभिनय गर्ने वताईएको छ ।

Similar Posts