झापाको मेचीनगरमा आयोजना गरिएको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस मेचीनगर २०२६’ तथा ‘मिस्टर एन्ड मिस मेचीनगर जुनियर २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। बालबालिका तथा युवायुवतीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र आत्मविश्वास उजागर गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो।
शनिबार राति सम्पन्न फाइनल प्रतिस्पर्धामा सिनियरतर्फ ‘मिस्टर मेचीनगर २०२६’ को उपाधि इनिश राया र ‘मिस मेचीनगर २०२६’ को उपाधि प्रसुक्षया हुमागाईंले जित्न सफल भएका छन्। विजेता प्रसुक्षयाले मुख्य उपाधिसँगै ‘पब्लिक चोइस अवार्ड’ समेत आफ्नो पोल्टामा पारिन्।
त्यस्तै, जुनियर विधा तर्फ ‘मिस्टर मेचीनगर जुनियर २०२६’ को ताज दियान घिमिरेले पहिरिँदा ‘मिस मेचीनगर जुनियर २०२६’ को उपाधि दिव्या थापाले जितेकी छिन्। दिव्याले मुख्य उपाधिसँगै ‘भोटिङ स्टार अवार्ड’ पनि हात पारिन्।
यस्तो छ विजेताहरूको पूर्ण सूची:
मिस्टर एन्ड मिस मेचीनगर २०२६ (सिनियर)
मिस्टर मेचीनगर: इनिश राया (प्रतियोगी नं. १०)
मिस मेचीनगर: प्रसुक्षया हुमागाईं (प्रतियोगी नं. १५)
फर्स्ट रनर–अप: सुदीप्ति राई (प्रतियोगी नं. ७)
सेकेन्ड रनर–अप: आयुष राई (प्रतियोगी नं. १६)
पब्लिक चोइस अवार्ड: प्रसुक्षया हुमागाईं
भोटिङ स्टार अवार्ड: रिहाना लिम्बु (प्रतियोगी नं. ३)
मिस्टर एन्ड मिस मेचीनगर जुनियर २०२६
मिस्टर मेचीनगर जुनियर: दियान घिमिरे (प्रतियोगी नं. २२)
मिस मेचीनगर जुनियर: दिव्या थापा (प्रतियोगी नं. ३)
फर्स्ट रनर–अप: सहिना गुरुङ (प्रतियोगी नं. ६)
सेकेन्ड रनर–अप: सोनिया भारती (प्रतियोगी नं. १)
पब्लिक चोइस अवार्ड: सहिना गुरुङ
भोटिङ स्टार अवार्ड: दिव्या थापा
अर्शु महर्जनको मुख्य निर्णायकत्व
प्रतियोगिताको मुख्य निर्णायक (Chief Judge) को भूमिकामा चर्चित मोडल तथा कोरियोग्राफर अर्शु महर्जन रहेका थिए। त्यस्तै निर्णायक मण्डलको अन्य सदस्यहरूमा डा. मनीषा सुबेदी, बिबेश राई, गीत बस्नेत, कल्पना उप्रेती प्रसाई र सुमन शर्मा रहेका थिए।
र्याम्पमा प्रतिस्पर्धीहरूको प्रस्तुति, सामाजिक चेतना, र निर्णायकहरूको र्यापिड फायर प्रश्नोत्तरको आधारमा अन्तिम विजेताहरू छानिएको आयोजकले जनाएको छ।
अर्को वर्ष अझ परिष्कृत रूपमा आउने
विवेक खड्का म्यानेजिङ डाइरेक्टर र पुकार कार्की चेयरम्यान रहेको आयोजक टोलीले कार्यक्रम सोचेभन्दा बढी सफल भएको दाबी गरेको छ। स्टेजलाई ऊर्जावान् ढंगले सञ्चालन गर्ने काम भने उद्घोषक प्रयुष पौड्यालले गरेका थिए।
आयोजकका अनुसार मोफसलमा रहेका प्रतिभाहरूलाई राष्ट्रियस्तरको प्लेटफर्मका लागि तयार पार्न यो प्रतियोगिताले कोसेढुङ्गाको काम गरेको छ। आगामी वर्षहरूमा यो कार्यक्रमलाई अझ ठूलो र भव्य रूपमा निरन्तरता दिने प्रतिबद्धता आयोजक टोलीले व्यक्त गरेको छ।

