नेपालका १६औं राष्ट्रिय विभूति एवं किरात धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको १ सय ४०औं जन्म जयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विशेषगरी पाँचथर, इलाम, ताप्लेजुङसहित कोशी प्रदेशका विभिन्न जिल्लामा फाल्गुनन्दको जन्म जयन्ती भव्यताका साथ मनाउने गरिन्छ ।
विक्रम संवत् १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिनुभएका फाल्गुनन्दलाई किरात लिम्बू समुदायले समाज सुधारकका रूपमा लिने गरेका छ्न् । वहाले १९८८ साल वैशाख २४ गते पाँचथरको सिलौटीमा पूर्वी नेपालअन्तर्गत १० लिम्बूवान १७ थुमका अग्रजहरूलाई भेला पारेर सत्य धर्म मुचुल्का घोषणा गर्दै समाज सुधारको अभियान थाल्नुभएको थियो ।
बाल्यकालमा आफ्ना पितासँगै गाई गोठमा बिताउनुभएका फाल्गुनन्दले जीवनको आखिरी क्षणसम्म धूमपान, मध्यपान,विलासिता, र अन्धविश्वास विरुद्व अभियान चलाएकाले वहाँलाई समाज सुधारकको उपमा दिइएको हो । २२ वर्षको उमेरमा भारतीय सेनामा भर्ना भएको वहाले १३ वर्ष नोकरी गरेर फर्केपछि समाज सुधारको अभियानमा लाग्नुभएको थियो ।
वहाको निधन २००५ साल चैत २२ गते भएको थियो । वहालाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो । वहाको समाधिस्थल पाँचथरको फाल्गुनन्द-७ सिलौटीमा छ । #btmrocksnews #btmrocksinfo

आफ्नो धर्म छोडेर अरुको धर्म अंङ्गालेर प्रवचन सुनाउदै हिड्नेहरु जतिलाई महा गुरु फाल्गुनन्द १४० औ जन्म जयन्तीको हार्दिक सुभ-कामना
ब्याक्त गर्दछु