
क्यामेरा निर्माता कम्पनी निकोनले आफ्नो क्यामेराबाट खिचेका तस्वीर पत्ता लगाउने प्रविधि विकास गर्ने लेगेको छ । यो प्रविधि तयार भएपछि कुनै तस्वीर निकोन क्यामेराबाट खिचेको हो–होइन थाहा पाउन सकिने छ । यसका लागि कम्पनीले डिजिटल सिग्नेचर प्रयोग गर्ने जनाईएको छ।
निकोनले अन्य कम्पनीहरूसँगको साझेदारीमा प्रविधि विकास गरिरहेको हो यसअघी
यो प्रविधि सोनी, लाइका जस्ता क्यामेरा कम्पनीले प्रयोगमा ल्याइसकेका छन् । लाइका एम११ पी र सोनीको अल्फा ९ मार्क थ्रीमा यो प्रविधि पाउन सकिन्छ ।
