शुक्रबार झापा गोल्डकपका अध्यक्ष केदार गिरी सहितको टोलीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास भक्तपुर गुड्डुमा पुगेका छन्। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा माघ २४ गतेदेखि हुन गइरहेको झापा गोल्ड कपको स्वर्गीय ‘बिनोद बस्नेत स्मृति’ सातौं संस्करण फुटबल प्रतियोगिताका सन्दर्भमा कुराकानी गर्न आज अध्यक्ष ओलीसँग भेटघाट गरिएको गोल्डकपका अध्यक्ष गिरीले जानकारी दिनुभयो पूर्व

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्न झापा गोल्डकपका अध्यक्ष गिरी, पूर्वमन्त्री अग्नि खरेल, बरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल, कार्यसमिति सदस्य मदन खड्का, राजु घिमिरे लगायतको टोली गुण्डु पुगेको थियो ।

