नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले एक कार्यक्रमकाबीच ६ वटा बाटो र एक सामुदायिक भवनको एकसाथ शिलान्यास गरेका हुन् । परियोजना हरुमा –

एभरेष्ट स्कूल हुँदै हरिहर आश्रमदेखि मियाबारी बिर्ताबजारसम्म १ हजार २४० मिटर, करेलाबारी माधव न्यौपानेको घर हुँदै वडा नं. १० को विराट आधारभूत स्कुल जोड्ने सडक १ हजार ३०० मिटर, पूर्वपश्चिम राजमार्ग उत्तर अतिथि सदन हुँदै मनकुमार गौतमको घर अर्जुनधारा नगरपालिकाको सिमाना जोड्ने सडक ९०० मिटर, सांगवेद खादोसरी मार्ग हुँदै पूर्व गौरव पेट्रोलपम्पबाट दक्षिण बानालाल मार्गसम्म ९४० मिटर, गरामनी त्रिवेणी चौकबाट कटहरबारी हुँदै हल्दिबारीसम्म १ हजार २३७ मिटर, पंचकन्या धर्मकाँटा उत्तर सिर्जना इन्दिरा खवासको घर हुँदै अर्जुनधारा नपाको सिमानासम्म १ हजार २०० मिटर कालोपत्रे बाटो निर्माण हुने बताइएको छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *