सर्वोच्च अदालतले ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ।

‘नो केवलकार समूह’ आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै अधिवक्ता राजीव बास्तोलाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए। पाथीभरा केवलकार परियोजनाविरुद्ध स्थानीय लिम्बू समुदायको विरोधपछि १० फागुनमा ताप्लेजुङ तनावग्रस्त बनेको थियो, जसक्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्दै १८ जनालाई पक्राउ गरेको थियो।

Similar Posts