भारतले आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले सन् २०१४ पछि टी२० विश्वकपको फाइनलमा स्थान बनाएको हो ।
कठिन सावित भएको पिचमा जितका लागि १ सय ७२ रनको लक्ष्य पाएको इंग्ल्यान्डले १६.४ ओभर मात्र टिकेर १ सय ३ रन बनाउन सक्यो । इंग्ल्यान्डका लागि कोही पनि ब्याटरले गतिलो योगदान दिन सकेन् । ह्यारी ब्रुक्सको २५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।
कुलदीप यादव र अक्षर पटेलले घातक बलिङ गरे । उनीहरूले तीन/तीन विकेट लिए । अक्षरले २३ रन मात्र खर्चे र ‘प्लेयर अफ द म्याच’ पनि भए । जसप्रित बुमराहले पनि दुई विकेट हात पारे ।
