जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले ४३ % जनता गरिबीको रेखामुनि रहेको देशमा महिना १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने बताउनुभएको छ ।
आइतबार काठमाण्डौ मा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै वहाले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरुले म समाजवादी हुँ भन्न नसुहाउने समेत वताउनुभयो, कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरु समाजवादी हुन नसक्ने वहाको तर्क थियो ।
नागरिकका छोराछोरी सरकारी अस्पतालमा जाने तर सरकारी अस्पतालको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरु समाजवादी हुन नसक्ने ,आफ्नो छोराछोरीलाई महँगो बोर्डिङ स्कुलमा भर्ना गर्दछौं, जहाँ अधिकांश विद्यार्थीको स्थिति राम्रो छैन, म समाजवादी हो कि होइन,’ वहाको भनाइ थियो ।
अध्यक्ष राउतले समाजवादी बन्न हुनुपर्ने मापदण्ड नेताहरुले पालना गर्न नसकेको समेत जिकिर गर्नुभयो
