मेची राजमार्गअन्तर्गत हेंवा खोलामा मनसुनअघि बेलिब्रिज जडान हुने

पाँचथरको हेंवा खोलामा बाढीले दुई पटक बेलिब्रिज बगाएपछि नयाँ बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। फिदिम नगरपालिकातर्फ ग्याबिङ र पक्की पर्खाल निर्माण तथा पहुँच सडक सम्पन्न भइसकेको छ भने हिलिहाङ गाउँपालिकातर्फ ट्रयाक खोलिएको र सतह निर्माण भइरहेको निर्माण कम्पनीका प्रतिनिधि पवन भट्टराईले जानकारी दिएका छन्।

हालसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको र ढिलोमा असार १५ भित्र सवारी सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताएका छन्। बेलिब्रिज जडानका लागि पाटपूर्जा ढुवानी भइरहेको र जेठ मसान्तसम्ममा काम पूरा हुने सडक डिभिजन कार्यालय इलामको भनाइ छ।

यस सडकले ताप्लेजुङ र पाँचथरका उत्तरी क्षेत्रलाई मुख्य सडक सञ्जालसँग जोड्ने भएकाले जनजीवन सहज बनाउने र आर्थिक–पर्यटकीय गतिविधि सुचारु गर्ने उद्देश्य रहेको जनाइएको छ। रु. ३ करोड ४९ लाखको लागतमा दोभान–सुपरसौगात–लाइट विल्डर्स जेभीले काम गरिरहेको छ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts