नेकपा (एमाले) झापा जिल्ला कमिटीको आयोजना तथा बिर्तामोड नगर कमिटीको व्यवस्थापनमा आज झापा को बिर्तामोडमा बृहत कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथी एमाले पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओलीले सम्वोधन गर्नु भएको थियो। पुर्व का अन्य विभिन्न स्थानहरुमा पहिचानवादी सक्तीहरुले प्रधानमन्त्री ओली को आगमन मा विरोद तथा कालोझण्डा देखाएर प्रभावित वनाउन कोसिस गरेपनी विर्तामोड भेला मा सुरक्षा व्यवस्था कडा वनाईएकाले शान्तिपूर्ण रुपमा कार्यक्रम सफल रहयो । कार्यक्रम मा नेकपा एमाले झापा विर्तामोड का अध्यक्ष शुभास भट्टराई ले प्रमुख अतिथी सम्मननिय प्रधानमन्त्री ओली लाई वुद्ध को मुर्ती (मायाको चिनो ) समेत प्रदान गर्नुभएको थियो । सभा मा वोल्दै प्रम ओली ले कसैको हो हल्ला को पछी नलागी पाटिको निती नियम र आचरण मा रहेर मुलुक को हितका कार्य मा लाग्न कार्यकर्ता लाई निर्देशन दिनुभएको थियो ।

#btmrocksnews

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts