कहिलेकाहि जानि अन्जानी मा हामिले पालेको घरपालुवा वा कहि कतै हिडदा सामुदायिक कुकुर हरुले टोक्ने ,नङ्ग्राउने गर्छन जसकारण तत्काल र दृघकालिन रुपमा त्यले विभिन्न अषर तथा क्षती हुन सक्छ त्यसकारण निम्म्नलिखित उपायहरु अपनाउन सकिन्छ।

कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू
१. घाउ सफा गर्नुहोस्
जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान कम्तीमा १५ मिनेटसम्म बिस्तारै घिसेर धुनुहोस्
यसले भाइरस वा फोहोर बाहिर निकाल्न मद्दत गर्छ
२. घाउलाई कीटाणु रहित बनाउनुहोस्
सफा गरेपछि स्प्रिट, डेटोल वा आयोडिन लगाउनुहोस् ताकि संक्रमण नहोस्
३. तुरुन्तै स्वास्थकर्मी तथा भेटेरिनरियनसङ्ग सम्पर्क गर्नु होस

घाउ सानो भए पनि नजिकको अस्पतालमा जानुहोस्
डाक्टरलाई स्पष्ट रूपमा कुकुरले टोकेको हो भनेर भन्नुहोस्
जति सक्दो छिटो खोप लागाउनुहोस
खोप जिल्ला अस्पतालहरु मा निशुल्क उपलब्ध हुन्छ

रेबीज खोप तालिका
० औं दिन (टोकेको दिन): पहिलो रेबीज खोप

३ औं दिन: दोस्रो खोप

७ औं दिन: तेस्रो खोप

१४ औं दिन: चौथो खोप

२८ औं दिन: पाँचौँ खोप
यदि टोकेको घाउ गहिरो छ वा अनुहार, घाँटी वा हातमा छ भने, ० औं दिनमा रेबीज इम्युनोग्लोबुलिन पनि लगाइन्छ
घाउ निको भए पनि सबै पाँचवटा खोप पुरा गर्नुअनिवार्य हुन्छ
नोट
यदि तपाइको समुदायमा पनि रेबिज जस्तै लक्ष्यण देखा परेको छ भने यश पशुपन्छी सेवा शाखामा खबर गर्न सक्नुहुन्छ
समयमै आफुले पालेका कुकुर बिरालो हरु लाई रेबिज विरुद्ध को खोप अनिवार्य लगाउनुहोस
रेबिज विरुद्ध को खोप यश पशुपन्छी सेवा शाखा मा निशुल्क उपलब्ध छ ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts