झापा, अर्जुनधारा – ११ स्थित पाथीभरा इञ्जिनियरिङ कलेजले सिटीईभिटी (CTEVT) बाट सम्बन्धन प्राप्त तीन वर्षे ओभरसियर (Sub-Engineer) कार्यक्रम सञ्चालनमा ल्याएको छ। कलेजले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त नयाँ कार्यक्रमको औपचारिक घोषणा गरेको हो।

संस्थापक अध्यक्ष युवराज प्रसाईका अनुसार, एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूले अब कलेज को इन्ट्रान्स ले नै ओभरसियर अध्ययनका लागि भर्ना लिन सक्नेछन्। स्वरोजगारमुखी प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै कलेजले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न यो कार्यक्रम ल्याइएको बताइएको छ।

प्रसाईले भन्नुभयो , “कलेज स्थापनाको १२ वर्षपछि प्राप्त सिटीईभिटीको सम्बन्धनसँगै हामीले औपचारिक रूपमा इञ्जिनियरिङ अध्ययन सुरु गरेका छौं। प्राविधिक शिक्षाको माग बढ्दै गइरहेको सन्दर्भमा यो कार्यक्रम विद्यार्थीहरूका लागि एक उत्कृष्ट अवसर हो।”

कलेजका सिइओ अनुप पराजुलीका अनुसार, झापा जिल्लामै निजी क्षेत्रबाट पहिलोपटक सिटीईभिटीको सम्बन्धनमा ओभरसियर पढाइ सुरु गर्ने संस्था पाथीभरा इञ्जिनियरिङ कलेज हो। उनले थपे, “हामीले भर्ना शुल्क न्यून राखेका छौं, साथै छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ। स्थानीय विद्यार्थीहरूलाई प्राथमिकता दिई पढाइ अघि बढाइनेछ।”

कलेजले कुल ४८ जना विद्यार्थी भर्ना गर्न सक्नेछ। तीन वर्षे कोर्षको सम्पूर्ण शुल्क १ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ, जसमा विविध अतिरिक्त सुविधा र अत्याधुनिक प्रविधिको प्रयोगका लागि आवश्यक सामग्रीको समेत व्यवस्था गरिएको छ।

सीईओ पराजुलीले प्राविधिक शिक्षा अध्ययन गरेपछि स्वदेशमै रोजगारको अवसर सहज हुने र विदेश जाने तयारी गरिरहेकाहरूका लागि समेत यो अध्ययन अत्यन्त उपयोगी हुने धारणा व्यक्त गर्नुभएको छ ।

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

पाथीभरा इञ्जिनियरिङ कलेजमा अब सिटीईभिटी सम्बन्धन प्राप्त तीन वर्षे ओभरसियर पढाई हुने

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts