सशस्त्र प्रहरीले वीरगन्जबाट ठूलो परिमाणमा तस्करीका कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीबल नेपाल नम्बर-१३ गण हेडक्वार्टर पर्सा र भन्सारको संयुक्त टोलीले छपकैया र नदिया टोलमा कपडा बरामद गरेको हो ।

१८ लाख ५५ हजार ३५० रुपैयाँ बराबरका कपडा बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ जानकारी सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले दिएको हो ।

#btmrocksnews

Similar Posts