नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा अप्रत्याशित गिरावट आएको छ । साताको पहिलो कारोबार दिन नै सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तय गरेको नयाँ मूल्यसूची अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि शनिबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ ओरालो लागेसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ । महासङ्घका अनुसार आइतबारका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार ९५५ रुपैयाँ तोकिएको छ ।
