काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले व्यवसायी दुर्गा प्रसाईँमाथि लागेको राज्य विरुद्धको कसूर सम्बन्धी मुद्दा फिर्ता लिने भएको छ। उच्च स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले गृहसचिवलाई मुद्दा फिर्ताको प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिइसकेको छ।

काठमाडौँको तीनकुनेमा भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रसाईँसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केही नेताहरूमाथि मुद्दा चलाएको थियो। वर्तमान बालेन सरकारले उक्त मुद्दा फिर्ता लिएपछि प्रसाईँसँगै राप्रपाबाट विद्रोह गरेका नेता धवलशमशेर जबरा, राप्रपाबाट निष्क्रिय भइसकेका रवीन्द्र मिश्र लगायतले कानुनी झमेलाबाट राहत पाउनेछन्।

के थियो घटना ?

२०८१ चैत १५ गते नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले तोकेका ‘जनकमाण्डर’ दुर्गा प्रसाईँको नेतृत्वमा तीनकुनेमा प्रदर्शनको आह्वान गरिएको थियो। उक्त प्रदर्शनले हिंसात्मक रूप लिँदा २ जनाको मृत्यु हुनुका साथै निजी घर, सरकारी गाडी र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी तथा तोडफोड भएको थियो।

सोही घटनाको अनुसन्धानपछि सरकारी वकिलको कार्यालय काठमाडौँले जेठ ११ गते ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। जसमध्ये ५० जनाविरुद्ध आपराधिक उपद्रव, राज्य विरुद्धको कसुर र संगठित अपराध कसूरमा मुद्दा दायर भएको थियो भने दुर्गा प्रसाईँसहित ८ जनाविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा समेत गम्भीर मुद्दा दायर भएको थियो। त्यसैगरी, ११ जनाविरुद्ध आपराधिक उपद्रवमा मात्रै मुद्दा दायर गरिएको थियो।

अदालतको आदेशपछि उनीहरू सबै जना धरौटीमा रिहा भइसकेका छन्। अब सरकारले नै मुद्दा फिर्ता लिने तयारी गरेपछि यो प्रकरणले नयाँ राजनीतिक मोड लिएको छ।

अन्य समाचार हरुको लागी Stay Tune www.ebtmrocks.com

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *