.

.गत असोज ३ गते विर्तामोडस्थित क्लब गन्तव्यमा भएको घटनापछि क्लब प्रशासन तथा सञ्चालक निर्भिक शिवाकोटीको घटनामा कुनै संलग्नता नरहेको पाईएको छ। घटनाका विषयमा भएको जानकारीअनुसार क्लब प्रशासन तथा सञ्चालक पक्ष प्रत्यक्ष /अप्रत्यक्ष रूपमा संलग्न नरहेको पुस्टी भएको हो।

घटनामा घाइते भएका युवा सरोज हाङ लावती (हाङ दाइ) उपचारपछि पूर्ण रूपमा स्वस्थ भई आफ्नो वैदेशिक रोजगारीमा समेत फर्किसकेको जनाइएको छ।

घटनाका क्रममा क्षति पुगेका क्लबका संरचना तथा सामग्रीहरू आवश्यक मर्मत, प्रतिस्थापन र पुनःव्यवस्थापन गरिएपछि क्लब अहिले पुनः नियमित रूपमा सञ्चालनमा आएको छ। क्लब प्रशासनका अनुसार घटना पश्चात् सुरक्षा, व्यवस्थापन तथा भौतिक संरचनामा थप सुधारसमेत गरिएको छ।

पूर्व मेची क्षेत्रकै चर्चित क्लविङ गन्तव्य

विर्तामोडको क्लब गन्तव्यलाई पूर्व मेची क्षेत्रकै ठूलो र चर्चित क्लविङ तथा मनोरञ्जनस्थलका रूपमा प्रस्तुत गरिएको छ। क्लबमा लाइभ म्युजिक, डिजे तथा क्लविङ मनोरञ्जन लिन झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लाबाट युवायुवती तथा अन्य पाहुनाहरू आउने गरेका छन्।

त्यसैगरी छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किम, मिरिक र सिलिगुडी क्षेत्रबाट समेत पाहुनाहरू आउने गरेको क्लब प्रशासनको भनाइ छ।

क्लबले हाल ४५ भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको बताइएको छ। साथै, क्लबमा आउने ग्राहक तथा पर्यटकका कारण विर्तामोडका अन्य क्याफे, होटल, रेस्टुरेन्ट तथा मनोरञ्जन व्यवसायमा समेत आर्थिक गतिविधि बढाउन योगदान पुगेको छ।

स्थानीय व्यवसायी तथा पर्यटन क्षेत्रसँग जोडिएका गतिविधिलाई समेत चलायमान बनाउन क्लब गन्तव्यको भूमिका रहेको बताउँदै प्रशासनले आगामी दिनमा अझ व्यवस्थित, सुरक्षित र गुणस्तरीय मनोरञ्जन सेवा प्रदान गर्ने जनाएको छ।

#News #Info #ClubGantabya #Gantabya #Birtamode #Jhapa

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *