जसले बर्षेनी बच्चा जन्माउँछ? श्रीमतीलाई घरको कामदार सम्झन्छ? शब्द शब्दमा गाली गर्छ? दुई चार सन्तान भएर पनि दोस्री महिलामा आँखा लगाउँछ? आफ्नो श्रीमतीलाई जोर-जबर्जती गर्छ? सबैको अगाडी उनलाई अपमान गर्छ? नारीको खिल्ली उडाएर खुट्टाको जुत्ता ठान्नेलाई, के असली पुरुष भनिन्छ? होइन- होइन

वास्तविक पुरुष त त्यो हुन्छ जसले हरेक क्षेत्रमा श्रीमती र महिलाहरूलाई सम्मानको साथ रक्षा गर्छन्। उनको सहायता गर्छ। उनको साथमा शारीरिक शोषण गर्दैन। उनको परिस्थितिको फाइदा उठाउँदैन। वास्तविक पुरुष एउटा मजबुत खम्बा जस्तो हुनुपर्छ, जसले श्रीमती वा कुनै पनि महिलाले उसमा आँखा चिम्लेर बिश्वास गर्न सकुन्। श्रीमती र महिलाहरु खराब हुँदैनन्, उनलाई पुरुषको हातबाट खराब बनाइन्छ। (यो हरेक ठाउँमा पालना नहुनसक्छ)

एकछिन सोच्नुहोस त, तपाईंले कुनै महिलालाई बिबाह गरेर ल्याउनुहुन्छ, धेर थोरै दाइजो पनि लिएर आउनुहुन्छ हेर्नुस् त तपाइँलाई कति फाइदा छ। तपाईंको घरको सारा काम सम्हाल्न , छोराछोरीको रेखदेख गर्नु, सासुससुराको सेवा, पाहुनापातको लागि बिहान देखि साँझसम्म खानपिन घरको काम धन्दा। त्यसपछि रातमा तपाईंको सेवा गर्दागर्दै महिलाको जिन्दगी समाप्त हुन्छ… बदलामा उसले तपाईंबाट के पाउछे 🤔.. अपमान अत्याचार लडाइ झगडा गाली सुन्नु र रुनु.. उनले तपाईंको लागि जिन्दगीभर आफ्नो जन्म घर त्याग्दिन्छिन, आमाबुबा दाजुभाइ दिदीबहिनी जहाँ उनले आफ्नो बाल्यकालमा खेलेकी थिइन उनिहरुलाई पनि याद गर्दिनन सिर्फ तपाईंको लागि… बदलामा तपाईंले उनलाई के दिनुहुन्छ? गर्दागर्दै थोरै गल्ती भयोभने अनपढ मूर्ख आइमाई भन्नुहुन्छ। एकदिन खाना ढिलो भयोभने सारा दिन मोबाइल चलाएर बस्छेस.. कहाँबाट छिटो बनाउछे त महारानीले भन्नुहुन्छ.. उनको स्वास्थ बिगृयोभने जहिल्यै केही न केहीको बहाना बनाउँछेस भन्नुहुन्छ.. झगडा गर्दा श्रीमतीले तपाइँलाई एक शब्द मात्रै के फर्काइन भने, तपाईंले उनको खानदान संस्कार लाई गाली गर्नुहुन्छ। किन? किन उनले सहन्छिन तपाईंको अत्याचार? उनको पनि जिन्दगी छ। उनको पनि सपना हुन्छ। ऊनी भित्र पनि इच्छा छ, उनको पनि इज्जत छ। जस्तो तपाईंको आमाबुबाको इज्जत छ उनको पनि त हुन्छ… जुन महिलाले तपाईंको अत्याचार सहन सक्दिनन… तपाईंले गर्नुभएको अत्याचारको आवाज उठाउने कोशिश गर्न खोज्छिन भने त्यसबेला तपाईंले उनको बदनाम गराउनमा केही कस्यार छाड्नु हुँदैन। नतिजामा लज्जित भएर उनको तन मन छरपस्ट हुन्छ, बिग्रन्छ..

लौ भन्नुहोस् त कसले बाध्यता बनायो एउटि महिलालाई खराब बन्नको लागि? मैले यहाँ सबै पुरुषहरूको कुरा गरेकी छैन, केही पुरुषहरु राम्रा पनि हुन्छन्। ❤️ एउटा कुरा याद राखौं जुन पुरुषले आफ्नो श्रीमती र महिलालाई सम्मान दिन सक्दैन त्यो पुरुष होइन नपुंसक हो। मात्रै एउटा नपुंसक हो अरु केही होइन। महिलालाई सम्मान गर्नुहोस् श्रीमतीलाई आदर गर्नुहोस् र एउटा असल पुरुष बन्नुहोस नपुंसक होइन।।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *