ताप्लेजुङ मिक्वा खोला गाउँपालिका वडा नम्बर ४ साँवाले दैनिक उपभोग्य वस्तुको र दैनिक ज्याला को मूल्य दर निर्धारण गरेको छ।

वडाले बङ्गुर र सुँगुरको मासु प्रतिकिलोग्राम ४०० रुपैयाँ, खसीको मासु प्रति केजी ६०० रुपैयाँ, राँगाको मासु प्रति केजी ३०० रुपैयाँ, बाख्राको मासु प्रति केजी ५०० रुपैयाँ र स्थानीय (लोकल) कुखुराको मासुको मूल्य प्रति केजी १००० रुपैयाँ तोकेको छ।

अन्नबालीमा कोदो र गहुँ प्रति पाथी समान ३०० रुपैयाँ, जौ प्रति पाथी २५० रुपैयाँ, भटमास ८०० रुपैयाँ र आलुको बिउ प्रतिपाथी ३०० रुपैयाँ मूल्य तोकिएको छ भने घ्यूको मूल्य प्रति माना ३०० रुपैयाँ तोकिएको छ।

त्यस्तै ज्याला तर्फ पुरुष कामदारका लागि एक दिनको ५०० रुपैयाँ र महिला कामदारका लागि ४०० रुपैयाँ पारिश्रमिक तोकिएको छ।

वडाध्यक्ष सदनकुमार साँवा लिम्बूका अनुसार गएको आइतबार बसेको वडा कार्यसमितिको बैठकले उपभोग्य वस्तुको मूल्य तोक्ने निर्णय गरेको हो।

Similar Posts