हाल टिकटकमा अधिकतम १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने सुविधा दिँदै आएको छ।

टिकटकले आफ्नो प्लाटर्फममा अपलोड गर्न सकिने भिडिओको समय बढाउँदै लगेको छ।

शुरूवातमा १५ सेकेडको भिडिओ अपलोड गर्न सकिनेमा यस्तो भिडिओको लम्बाई एक मिनेट, तीन मिनेट हुँदै १० मिनेटसम्म बनाइएको हो।
अबदेखि भने टिकटकमा ६० मिनेटसम्मको भिडिओ पनि अपलोड गर्न सक्ने भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
