
असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे भनाइ नेपाली समाजमा लाेकप्रिय रहेकाे छ ।
हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलाे गर्ने पर्वकै रुपमा मनाउने गरिन्छ । यो महिना साउने झरी पर्ने बेला र यस बेला तातो-तातो खीर स्वास्थ्यको लागि राम्रो भएकाले पनि खीर खाने चलन चलेको हुन मान्यता रहेको छ।
त्यस्तै पौराणिक मान्यता अनुसार श्रावण महिना देवाधी देव शिव शङ्कर अर्थात् महादेवको आराधना गर्ने महिनाको रूपमा लिइन्छ। त्यसै कारणले यो महिना माछा-मासु, मदिरा आदि सेवन नगरी व्रत बस्ने र आँप, नास पाती तथा भूइँकटहर लगायतका फलफूलहरू खाने चलन रहेको छ।
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

