राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल बिर्तामोड नगर कमिटी तथा झापा घरेलु तथा साना उद्योग महिला समितिको संयुक्त आयोजना मा हिजो भदौ २ गते झापा को विर्तामोड मा तीज मिलन तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।


सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटी सचिवालय सदस्य धनु कन्दङ्वा ज्यु को प्रमुख आतिथ्यता रहेको तिज विसेस कार्यक्रम लाई नावुन विर्तामोड नगर कमिटी अध्यक्ष संगिता रसाईलि ले अध्यक्षता गर्नुभएको थियो , साथै कार्यक्रम मा विषिस्ट अतिथी हरु घरेलु तथा साना उधोग महिला संघ अध्यक्ष आसा कुमारी मावो , नेपाल ट्रेड युनियन महासंघ झापा जिल्ला संयोजक खेम पोखरेल ,झापा का दिग्गज व्युटीसियनहरु , व्युटी प्रोडक्ट कम्पनी तथा डिस्टिविउटर का प्रतिनिधि हरु, को समेत उपस्थिती रहेको थियो , कार्यक्रम मा झापा घरेलु तथा साना उधोग महिला समिती वरिष्ठ उपाध्यक्ष झिना लिम्वु ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सम्पुर्ण औपचारिक कार्यक्रम को संचालन झापा घरेलु तथा साना उधोग महिला समिती सचिव अर्चना वुडाथोकी ले गर्नुभएको थियो

कार्यक्रम मा खानपिन , रमाईलो नाचगान , डान्स कम्पिटिसन ,म्युजिकल चियर खेल , शुभकामना आदानप्रदान का साथ गत जुन -जुलाई मा मलेसिया मा भएको अन्डर १६ को क्रिकेट खेल मा उत्कृष्ट प्रदर्शन गरी विजयी रहेका नेपाली टिम का खेलाडी सिवान्स वजगाई प्रोत्साहन तथा सम्मान समेत गरिएको थियो । कार्यक्रम मा सुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी धनु कन्दङवा ले भन्नुभयो , चाडवाड हाम्रो ईतिसाह र मौलिकता हो यसलाई हामिले जगेडा गर्नुपर्ने कुरामा जोड दिदै , सम्पुर्ण सौन्दर्यकर्मी हरुलाई एकता मा जोडिन आवहान समेत गर्नुभयो । #btmrocksnews

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *