ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा करेण्ट लागेर १० ओटा पशु चौपाया मरेका छन् ।

शुक्रबार दिउँसो थिङलाबुको थुङथापस्थित खुवागुमा दिउँसो चराएर गोठ फर्कने क्रममा स्थानीय विजय एभेङ लिम्बुको विजय ६ ओटा बाख्रा, २ ओटा गाई र १ हल गोरुको मृत्यु भएको हो।

बिजुलीको तारले पोलमा छोएर जमिनमा प्रवाह भएको ले करेण्ट लागेर पशुचौपायाको मृत्यु भएको स्थानीयले बताएका छन् ।

नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका अनुसार सो क्षेत्रमा थिङलाबु विद्युत सहकारी संस्थामार्फत विद्युत सञ्चालनमा रहेको छ । जसको रेखदेखको जिम्मा सबै सहकारीकै हुने केन्द्रले जनाएको छ घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Similar Posts