.जिल्ला प्रशासन कार्यालय झापाले भोलि असोज १ गते मनाइने विश्वकर्मा पूजाको सन्दर्भमा जिल्लावासीलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत प्रशासनले पर्वको अवसरमा वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी चर्को आवाजमा डीजे, माइक वा साउन्ड सिस्टम नबजाउन, तथा पटका, भुइँचम्पा र आतिशबाजीजन्य पदार्थ प्रयोग नगर्न अनुरोध गरेको छ।

विज्ञप्तिमा सार्वजनिक स्थानमा होहल्ला, झै-झगडा नगर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र सार्वजनिक शान्तिमा खलल पुग्ने गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ। पूजास्थल, कलकारखाना, शोरुम र सवारी साधन पूजा गर्ने क्रममा सडक यातायातमा अवरोध नगर्न र मूर्ति विसर्जन गर्दा वातावरणीय स्वच्छताको ख्याल गर्न पनि आग्रह गरिएको छ।

धार्मिक तथा सांस्कृतिक पर्वलाई मर्यादित रूपमा मनाउँदै अनावश्यक खर्च, तडकभडक र भड्किलो प्रदर्शन नगर्न तथा आफ्नो अधिकार प्रयोग गर्दा अरूको हक-अधिकारमा असर नपर्ने गरी पर्व मनाउन प्रशासनले अनुरोध गरेको छ।

सूचनाको उल्लंघन गर्दै अमर्यादित, उच्छृंखल वा गैरकानुनी गतिविधि गरेमा तथा चर्को आवाजमा डीजे बजाएर जनजीवन प्रभावित पारेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी जिल्ला प्रशासन कार्यालय झापाले दिएको छ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *