झापा कप २०८१ अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता को खेल तालिका सार्वजनिक, भएको छ ।

प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लब, मोरङको एलएक्स सिटी फुटबल क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौंको एनआरटी फुटबल क्लब, चर्च व्वाईज युनाइटेड, ईटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् ।

यसैगरी दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियनसमेत रहेको चित्लाङ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब सहभागी हुने भएका छन् । मंसिर २९ गते सुरु हुने प्रतियोगिताको फाइनल पुस–८ गते सम्पन्न गर्ने कार्यक्रम छ । प्रतियोगिताका लागि १० हजार जना दर्शक क्षमताको बेम्बो प्याराफिट निर्माण, खेल मैदान मर्मत लगायतको काम सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेताले नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउने आयोजक समितिका संयोजक केशबराज दाहालले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अब द म्याचले १० हजार नगद तथा प्रतियोगिताको अवधिमा सर्वाधिक गोलकर्ता एकजना तथा उत्कृष्ट गोल किपर एकजनालाई खेलाडीलाई ३५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ठ एकजना खेलाडीलाई मष्ट भ्यालु्एबल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने झापा–११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभएको छ। 

Similar Posts