ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा भएको वार्तालाई निष्कर्षमा पुर्‍याउन फुङलिङ नगरपालिकाले आग्रह गरेको छ । सरकारसँग भइरहेको वार्ता पटक पटक विफल भएको थाहा पाएसँगै फुङलिङ नगरपालिकाले ‘नो केबलकार समूह’लाई वार्तावाट टाढा नहुन आग्रह गरेको हो ।

फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले आज ११ मध्ये ७ वटा वडाका वडाध्यक्षलाई साथैमा राखेर केबलकार खारेजी कुनै पनि हालतमा नहुने भएकाले वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न आग्रह गर्नुभएको हो । वडाध्यक्ष सहितले बार्ता मार्फत समस्सयाको समाधान निकाल्न नो केबलकार समूहलाई आग्रह गर्नुभयो ।

फुङलिङ नगरपालिकाले केबलकारलाई देशको विकास र पर्यटनको प्रगतिका रूपमा सबैले बुझन आग्रह गरेको छ । यता आन्दोलनरत पक्षले आज सात बुदे आन्दोलन का कार्यक्रमको घोसणा सहितको प्रतिबेदन जारी गरेको छ I

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *