रोजगारीको प्रमुख गन्तब्य मानिएको कतारमा त्यहाँको सरकारले अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई आफ्नै देश फर्कन आममाफीको घोषणा गरेको छ। फेब्रुअरी ९ यानकी बि.सं (२०८१ माघ २७ ) गते देखि लागू हुने यो आममाफी तीन महिनासम्म जारी रहने कतारको आन्तरिक मन्त्रालयले जनाएको छ।

कतारमा भिसा नियम उल्लंघन गरेका, कम्पनी छोडेर लुकीछिपी काम गरिरहेका तथा कतारी आइडीको नवीकरण नगरेका व्यक्तिहरूलाई जरिवाना वा जेल सजायबिना नै आफ्नो देश फर्कन मौका दिइएको छ। आममाफी अन्तर्गत लाभ लिन चाहनेहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सल्वा रोडस्थित सर्च एन्ड फिलो अप डिपार्टमेन्टमा दिउँसो १ देखि राति ९ बजेसम्म निवेदन दिन सक्नेछन्।

यो निणय संगै कतारमा गैरकानुनी रूपमा रहेका थुप्रै नेपाली नागरिकहरू पनि लाभान्वित हुने अपेक्षा गरिएको छ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts