बंगलादेशको अदालतले जनप्रदर्शनका कारण पदच्युत भएपछि भागेर भारत पुगेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गर्ने आदेश दिएको छ ।हसिनालाई बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) ले प्रदर्शनका क्रममा भएको “मानवता विरुद्धको अपराध” मा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गर्ने भनेको हो । उनको नेतृत्वको प्रशासनले जनप्रदर्शन दमन गर्दा धेरे मारिएका थिए । देश छाडेर भागेका पूर्वसरकारका मन्त्रीसहित ४५ जनालाई पनि पक्राउ पुर्जी जारी गरिएको छ ।’अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई गिरफ्तार गरी नोभेम्बर १८ मा अदालतमा पेश गर्न आदेश दिएको छ,’ आईसीटीका प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले बिहीबार पत्रकारहरूलाई भने,’शेख हसिनाले जुलाईदेखि अगस्टसम्म नरसंहार, हत्या र मानवता विरुद्धको अपराध गर्नेहरूको नेतृत्वमा थिइन् ।’बंगलादेशबाट भागेपछि ७७ वर्षीया हसिना सार्वजनिक रूपमा देखिएकी छैनन् । उनको अन्तिम आधिकारिक बासस्थान भारतको राजधानी दिल्ली नजिकैको सैन्य एयरबेस हो ।सुरुमा उनी छोटो समयको लागि भारतमा बस्ने अपेक्षा गरिएको थियो तर रिपोर्टहरूले भने कि उनको अन्यत्र शरण खोज्ने प्रयास अहिलेसम्म सफल हुन सकेको छैन ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *