
पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले सहकारीका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापा केसी, पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा र उत्तम मगरलाई पुर्पक्षका लागि कारागार पठाएको हो ठगी प्रकरणमा बाहिरबाट सहयोग गरेको भनिएका मनबहादुर गुरुङ (माने) र राष्ट्रिय सहकारी संघ कास्कीका पूर्व प्रवन्धक सन्तोष घिमिरे लाई भने धरौटीमा छाड्न आदेश दिएको छ
