तेल्लोक:- अन्तर्राष्ट्रिय आमन्त्रण चौथो सिरीजङ्गा गोल्ड कप तथा सिरीजङ्गा मेला २०८१ को आयव्यय सार्बजनिक गर्दै २ लाख ८९ हजार ७ सय १५ रुपैयाँ रकम बचत गरेको जनाएको छ । शनिबार क्लबको कार्यालयमा सचिव दिनेश भट्टराइले आयब्यय सार्बजनिक गर्दै उक्त रकम बचत भएको बताउनुभयो । उहाँका अनुसार कुल ३१ लाख १५ हजार ७ सय ६० रुपैयाँ आम्दानी भएको थियो ।

श्रीजङ्गा गोल्डकप सम्पन गर्नका लागि २८ लाख २६ हजार ४५ रुपैयाँ रकम खर्च भएको बिबरण सार्बजनिक गरिएको थियो। क्लवले सिरीजङ्गा सिंह थेवेको ३२० औं जन्म जयन्तीको अबसरमा गत मंसिर २३ देखि २९ गते सम्म सिरीजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा खेल तथा कृषि प्रदर्शनी मेला सञ्चालन गरेको थियो ।

मेलाका लागि बिभिन्न सरकारी निकाय संघ संस्था तथा स्वदेश बिदेशमा रहनु हुने खेलप्रेमी महानुभाब मार्फत संकलित रकमबाट प्रतियोगिता सम्पन्न गरिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts