
७६ वर्षीय भट्टराई बिहान १० बजे वन जङ्गलतर्फ गएका तर लामो समयसम्म घर नफर्किएपछि खोजी कार्य गर्दा अपराह्न ४ बजे उनको मृत शरीर फेला परेको जलथल प्रहरी चौकीले जनाएको छ।घटना भएलगत्तै गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, वडा नं-३ का अध्यक्ष विष्णु ओली, वडा नं-४ का अध्यक्ष सन्त कुमार थापा, अन्य जनप्रतिनिधि, वन अभियन्ता तथा नागरिक समाजका अगुवाहरू घटनास्थलमा पुगेका थिए।जिल्ला प्रहरी कार्यालय झापाको टोली पनि घटनास्थलमा पुगेर आवश्यक छानबिन तथा अनुसन्धान सुरु गरेको छ। स्थानीयवासीले वन क्षेत्रमा हात्तीको आक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले वन क्षेत्रमा सुरक्षाका उपायहरू थप कडाइ गर्नुपर्ने माग गरेका छन्।
