देशका ठूला ८ राजनीतिक दलले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएर संसद बैठक बोलाउन माग गरेका छन्।

संसद विघटन संविधानको धारा ७६ को उपधारा (७) र सर्वोच्च अदालतबाट प्रतिवाद भएका नजीर र सिद्धान्त विपरीत रहेको उनीहरूको ठहर छ।जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक र नागरिक उन्मुक्ति पार्टीका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरेर राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आपत्तिसमेत जाएको छन्।
