प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो १७ देखि २० गते सम्म चीनको भ्रमण गर्ने औपचारिक निर्णय भएको छ । मन्त्रिपरिषद्को बिहीबारकै बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो । सरकारी भ्रमण टोली ३९ सदस्यीय हुनेछ ।निजी क्षेत्रबाट ४८ जना पनि भ्रमण टोलीमा रहनेछन् । प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणा बिहीबार नै चीन गइसकेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १८ गते चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने तय भएको छ ।प्रधानमन्त्रीको भ्रमणको बिहीबार मन्त्रिपरिषद् बैठकले औपचारिक स्वीकृत गरेको हो । प्रधानमन्त्रीको भ्रमणका क्रममा विगतका सम्झौता कार्यान्वयनको फलोअप, बीआरआईमा सहकार्य र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुदान सहयोगका लागि प्रस्ताव लगायतका एजेण्डामा छलफलको तयारी छ। तर द्विपक्षीय छलफलका औपचारिक एजेण्डाहरू भने सार्वजनिक भएका छैनन् ।
