झापा को विर्तामोड मा बढ्दो सडक तथा वेवारिसे कुकुर हरुको समस्या समाधानका लागि पज सोसाईटी नेपाल को आयोजना तथा सिटी सेन्टर को व्यावस्थापन मा विन्टर सेल अफर’ , संगितिक ,कार्यक्रम तथा रमाईलो हाउजी खेल यही पुस १५ गतेवाट संचालन भएको छ । कार्यक्रम को मुख्य उद्स्य सडक पसुचौपाया व्यवस्थापनका लागि रकम जुटाउने तथा सिटि सेन्टर मा व्यापार व्यावसाय हरुमा चहलपहल वडाएर व्यावसाही हरुलाई मद्त गर्ने आयोजक ले वताएको छ ।ग्राहकहरुको मागलाई ध्यानमा राखेर विभिन्न पसलहरुल् भारी छुटका साथ सेल अफर ल्याएका छन।पुस १५ देखि २५ गतेसम्म आयोजना हुने कारियक्रम अन्तर्गत सिटी सेन्टरभित्रका १० भन्दा बढी पसलमा २० प्रतिशतसम्म छुट दिने, पुस १८ गते नेपाल यातायात स्वतन्त्र मजदुर संगठनसंगको सहकार्यमा रक्तदान आयोजना गर्ने, पुस १८ देखि २० गतेसम्म कुकुर बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन गरिने आयोजक मेम्वर एलेक्स क्षेत्रीले वताउनुभएको छ त्यस्तै पुस २४ गते आँखा तथा अन्य स्वास्थ्य परीक्षण समेत गराईनेछ कार्यक्रम अवधिभर साँझ ६ देखि ८ बजेसम्म रमाईलो हाउजि खेल तथा सांगीतिक कार्यक्रमसमेत भइरहेको छ ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts