बिर्तामोड:
झापाको बिर्तामोडबाट लागुऔषध गाँजासहित दुई जना युवा पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका वडा नं. ४ स्थित भानुभक्त उप्रेतीको घरमा डेरा गरी बस्दै आएका उनीहरूलाई गाँजा बेचबिखन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका वडा नं. ७ बस्ने ३० वर्षीय बिनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ४ खैरान बस्ने २० वर्षीय सागर राई रहेका छन्।
प्रहरीको अपरेसन
डेरामा राखेर गाँजाको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो। हिजो साँझ ७ बजे खटिएको टोलीले उनीहरूको कोठामा छापा मारी खानतलासी गर्दा एउटा जेब्रा झोलाभित्र लुकाइराखेको अवस्थामा ५ केजी ९० ग्राम गाँजा बरामद गरेको हो।
थप अनुसन्धान जारी
पक्राउ परेका दुवै जनालाई बरामद गरिएको गाँजासहित नियन्त्रणमा लिइएको छ। हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर यस घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। #news #birtamode
