नेपाली विश्व साईकल यात्री Pushkar Shah को घुडॉको विश्वप्रसिद्ध स्टानफोर्ड युनिभर्यिटीले अनुसंधान गरिरहेको छ।
विश्व साइकलयात्री पुष्कर शाहको घुँडाको गत बर्ष सन् २०२३ सेप्टेम्बर देखि अनुसन्धान भइरहेको छ। पुष्कर शाहले २०५५ देखि ११ बर्ष लगातार संसारका १५० मुलुकको ३ लाख किमी साइकल यात्रा पुरा गरिसकेका छन्। उनले संसारभरिको झण्डा लिएर २०६७ जेठमा विश्वको सर्बोच्च शिखर सगरमाथाको पनि सफल आरोहण गरेको थिए। एउटा मान्छेको जीवनमा ३ लाख किलोमिटर दुरी साइकलमा प्याडलिंङ्ग गर्नु सामान्य कुरा हैन। यति लामो दुरी प्याडलिंङ्ग गर्ने घुँडाको अध्यायन /अनुसन्धान गर्नु विज्ञानको लागि अर्को नौलो कुरा हुनसक्छ। बिज्ञानको क्षेत्रमा संसारको पछिल्लो अति बिकसित ११ टेस्लाको एमआरआइ मेसिनद्वारा साइकलयात्री शाहको घुँडा अनुसन्धान भईरहेको छ।
गत बर्ष शाहले संयुक्त राज्य अमेरिकाको ५० वटै राज्यमा साइकलबाट घुमेका थिए।
उक्त साइकल यात्राको क्रममा स्ट्यानफोर्ड विश्वविद्यालयका डाक्टरहरुको एउटा समूहले शाहको घुँडा अनुसन्धान गर्ने चासो देखाएको थियो। रेडियोलोजिस्ट डा.सागर वाग्लेको पहलमा डा. शशी शिंह , डा. अनन्या गोयल, डा.रसेल सलित, प्रोटोकल डाइरेक्टर डा. फेलिका कोगानको समूहले बिगत एक बर्ष देखि उनको घुँडाको अनुसन्धान गरिरहेको छ। यस बर्ष सेप्टेम्बरमा दोश्रो पटक उनको घुँडालाइ एमआरआइ राखिएको थियो। पुष्कर शाहको घुँडाको अनुसन्धानबाट खेल जगत र स्वस्थमा एउटा नया तथ्य निस्कने अनुसन्धान लागेका रेडियोलोजिस्ट डा.वाग्ले बताउँछन्। ‘हरेक मान्छेको जीवनमा घुँडाको पाँङ्ग्रा कति पटक घुम्ने भन्ने प्राकृतिक नियम हुन्छ। मेरो घुँडाको पाँङ्ग्राको नियम पनि उस्तै होला। पृथ्वीलाई ७ फन्को नाप्न पुग्ने दुरी प्याडलिंङ्ग गरि सक्दा पनि घुँडामा कुनै असर नहुनु बिज्ञानलाइ अनौठो लाग्न सक्छ ।’ , पुष्कर भन्छन्। घुँडाको कस्तो रिजल्ट आउछ सर्बाधिक चॉसोको विषय हुनेछ।

Similar Posts