नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) उल्लेख्य बढेको पाइएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ११ महिना (जेठ मसान्त) सम्म कुल ४४ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो गत आव २०७९/८० को यसै अवधिको तुलनामा १० अर्ब भन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षको जेठसम्म ३४ अर्ब ५८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । यस वर्ष सरकारले लगानी सम्मेलन आयोजना गरेको थियो । यसको प्रभाव लगानीमा देखिएको छ । उद्योग विभागका अनुसार जेठसम्म कुल ३५९ वटा प्रत्यक्ष वैदेशिक लगानीका प्रस्ताव स्वीकृत भएको छ । जेठ महिनामा मात्र ५२ वटा प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार जेठ महिनामा मात्र ३ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ

यस वर्ष स्वीकृत भएको एफडीआईबाट २० हजार १४६ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । जेठ महिनामा मात्र भित्रिएको एफडीआईबाट २ हजार ३२३ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।

Similar Posts