जब कोही आफन्त काका पर्ने, मामा पर्ने, फुवाजु पर्ने, भिनाजु पर्ने छिमेकी दाजु पर्ने आफुलाई ट्युसन वा स्कुलमा पढाउने शिक्षक जस्तो सम्बन्धलाई साइडमा राखेर तिमीलाई भन्न थाल्नेछन “नाता आफ्नो ठाउँमा छ, तर म तिमीलाई आफ्नो साथी सम्झन्छु। तिमी एउटि मोर्डन केटी हौं, त्यसैले पुरानो नातागोतामा बिश्वास गर्नुहुदैन।”

“कसैले तिमीलाई यस्तो कुरा भन्छ भने तुरुन्तै आफ्नो आमाबुबालाई सुनाउनु” किनकि तिमी प्रति उनीहरुको नियतमा खोट छ।

फेसबुकको साथीहरु फ्रेन्डशिपको प्रतीक होईन। फेसबुकको फ्रेन्ड मतलब फाल्तुको काम नलाग्ने साथीहुन, सिर्फ यिनिहरु अनलाइन साथी मात्रै हुन, जबसम्म वास्तविक जीवनमा भेटिदैन तबसम्म तिनीहरुसँग जीवनमा केही फरक पर्दैन।
त्यसैले फेसबुकमा उनीहरुको फ्रेन्ड रिक्वेस्टलाई शंकाले हेर्नू हुँदैन… तर भिडियो कोटेशन र बेलाबेलामा Hi Good morning खाना खायौ के गर्दै छौ? तिमीले फेसबुकमा पोस्ट गरेकी फोटो कति राम्रो छ भनेर तारिफ गर्न थालेमा यस्ता सँग होसियार हुनुपर्छ र तुरुन्तै ब्लक गर्नुपर्छ।

छोरामान्छे हरुले केटीलाई फकाउने मुल सुत्र;
नम्र भएर आफ्नो श्रीमती यस्ती र उस्ति भनेर तिमीसँग आफ्नो श्रीमतीको पिडा देखाउन थाल्छ। आफू यति राम्रो भएको र श्रीमती पुरानो सोचको छे हिड्दा जोडी मिल्दैन भन्न थाल्छ र गोहीको आँसु झार्न थाल्छ,, मेरो श्रीमती बिरामी छे चौबीसै घण्टा औषधि खाइराख्नुपर्छ भन्न सक्छ, गाउँ कै कसैसँग श्रीमतीको अवैध सम्बन्ध छ भनेर झुठो कुरा बोलेर तिमीबाट सहानुभूति लिन खोज्छ..

तिमीलाई राम्री र बुद्धिमानी छौ भनेर बहलाउन सक्छ..

तिमीलाई आफ्नो आमाबुबाले भन्दा धेरै हेरचाह गरेको नाटक गर्न थाल्छ… बेलाबेलामा म छु नि तिम्रो लागि भन्ने गर्छ…

तिमीलाई आमाबुबाले दिन नसक्ने उपहारहरु दिन थाल्छ वा दिन्छु भनेर प्रलोभन देखाउन थाल्छ जस्तैः घडी, मोबाइल, ब्याग कुर्था सरवाल २/४ हजार पैसा, उसलाई थाहा छ केटीलाई मोबाइल जस्ता सामाग्रीको प्रलोभन देखाउदा आफुले जसो भन्यो त्यही गर्न तयार हुन्छन् भनेर…

तिमीलाई ८/ १० हजारको मोबाइल जस्ता सामाग्री दिएर तिम्रो बाकी जिन्दगी बर्बाद गर्दिने यस्ता मान्छे सँग होसियार..

सम्बन्धको आडमा कोही मान्छेले तिम्रो शरीर लुट्ने दाउमा रातदिन लागि पर्नसक्छन.. राम्रो नियत हुनेहरू पनि बेलाबेला फरक दृष्टिले हेर्न थाल्नेछन, सबैबाट सुरक्षीत हुने गर्नुहोस्। आफ्नो आमाबुबा दाजुभाइ भन्दा अरु कोही तिम्रो जीवनमा फाइदाजनक छैनन।।


साथिहरु तस्बिर सुहाउँदो (छोरी चेलीलाई सावधानी दिने हेतु) लेखिएको आजको पोस्ट कस्तो लाग्यो…
प्रतिकृया दिन नभुलानु होला ।

✍️ सन्तोष कार्की मौशुफ

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *