झापाको बिर्तामोड मा जारी बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१ को समापन भएको छ।नेपाल तामाङ घेदुङ बिर्तामोड नगर कमिटी तथा चलचित्रकर्मी सङ्घ प्रादेशिक कमिटि को आयोजनामा भएको यस महोत्सवमा सुरुवातका ९ दिनहरूमा दैनिक रुपमा दिउँसोको समयमा चलचित्र प्रदर्शनी चलचित्र कार्यशाला तथा चलचित्रकर्मी अन्तरक्रिया कार्यक्रम हरु भएको थियो त्यसपश्चात् चलचित्रकर्मी सङ्घले आफ्नो चलचित्र प्रदर्शनी चलचित्र कार्यसाला समापन तथा चलचित्रकर्मीहरू लाई सम्मान कार्यक्रम सहित १० गते समापन गरेको थियो, त्यसपश्चात् पुनः नेपाल तामाङ घेदुङ बिर्तामोड नगर कमिटीले आफ्नो एकल आयोजनामा पुन महोत्सव लाई मंशिर २२ गतेसम्म थप गरेको थियो । महोत्सव अवधिमा १ गतेदेखि २२ गतेसम्म नै रात्रिकालीन मनोरञ्जनको कार्यक्रममा विभिन्न स्थानीय तथा राष्ट्रिय स्तरका कलाकार तथा वैण्ड हरुले विशेष संगितिक प्रस्तुतिहरु दिएका थिए ,साथमा रमाइलो हाउजी खेल पनि भएको थियो , साथै महोत्सवको अन्तिम दिन हिजो दिउँसोको समयमा भएको रक्तदान कार्यक्रम मा ३५ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो, भने साँझको समयमा समापन कार्यक्रम राखिएको थियो । प्रमुख अतिथि प्रदेस मन्त्रि एकराज कार्की ले मंशिर १ गते उदघाटन गर्नुभएको महोत्सव लाई, हिजो २२ गते प्रमुख अतिथी विर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला को उपस्थिती मा भएचो औपचारिक कार्यक्रम मा आयोजक नेपाल तामाङ घेदुङ बिर्तामोडका अध्यक्ष तथा समापन कार्यक्रम का सभाअध्यक्ष विजय तामाङले समापन घोषणा गर्नुभएको थियो । महोत्सव लाई कन्काई फन वल्ड सुरुङ्गा ले व्यवस्थापन , विटिएम रक्स पब्लिकेसन को मिडिया पर्टनरसिप तथा भाएनेट ले इन्टरनेट सेवा प्रदान गरेको थियो ।

Similar Posts