ताप्लेजुङ जिल्लाको (साँघु} मैवाखोला गाउँपालिकामा बुधबार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा मैवाखोलाले २५ स्वर्ण,१८ रजत र १८ वटा कास्य पदक जितेर प्रथम हाँसिल गर्न सफल भएको छ ।
आठराई त्रिवेणी गाउँपालिका दोश्रो बनेको छ । आठराई त्रिवेणीले २० स्वर्ण, २० रजत र १९ वटा काँस्य पदक जितेको छ । फुङलिङ नगरपालिका तेश्रो बनेको छ । नगरपालिकाले १७ स्वर्ण, १५ रजत र १५ कास्य पदक जितेको छ । मेरिङदेन गाउँपालिकाले चौथो स्थान हाँसिल गरेको छ । मेरिङदेन गाउँपालिकाले २ स्वर्ण तथा रजत र कास्य दुई दुई वटा जितेको छ । पाथीभरा याङवरक गाउँपालिकाले १ स्वर्ण,५ रजत र १ काँस्य पदकसहित पाँचौ स्थानमा रहेको छ ।
मिक्वाखोला गाउँपालिकाले १ स्वर्ण, ३ रजत र २६ वटा कास्य पदकसहित छैटौ स्थान हात पारेको छ । सातौ स्थानमा रहेको सिदिङमा गाउँपालिकाले २ वटा रजत र ७ वटा कास्य पदक जितेको छ । फक्ताङलुङ गाउँपालिका र सिरीजङ्गा गाउँपालिका कुनैपनि पदक हात पर्न सकेन।
विजयी खेलाडीलाई प्रमूख अतिथि कोशी प्रदेश उद्योग कृषी तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले प्रमाणपत्र र ट्रफी प्रदान गर्नुभयो । प्रमूख अतिथि मंत्री हाङ्गामसहित गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेम र जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र कुमार लिम्बु (गणेश) लगायत अतिथिहरुले पुरस्कार वितरण गर्नुभयो । माघ २७ गतेदेखि साँघुस्थित नारायणी माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगीता भएको हो ।
