मकवानपुरका ३५ वर्षीय प्रेमप्रसाद तिमल्सिनाले इन्टरनेटमा हेरेर केराको खम्बाबाट हाते कागज बनाउन थालेका छन् ।
वैदेशिक यात्रा मा सात वर्षअघि साउदी अरब गएका उनी भनेजस्तो राम्रो न भएपछि नेपाल फर्किएका थिए।हामीले केहि कुरा सिक्न का लागि युट्युब अथवा इन्टरनेट मा खोज्ने गरेजस्तै प्रेमप्रसाद ले पनि भिडियो हेरेकै भरमा सुरुवात गरी अहिले उद्योग को रूपमा विस्तार गरिसकेका छन्। खेर गएका कच्चा पदार्थ को सही सदुपयोग गर्न सकिन्छ भन्ने उद्देस्यले उनले यो उद्योग शुरू गरेको बताउँछन्। इन्टरनेट को सही सदुपयोग गर्न सके आफ्नै देशमा पनि केही गर्न सकिन्छ भन्ने यो एउटा उदहारण भएको छ।


