दीपक मनाङे अर्थात् राजीव गुरुङ सक्रिय राजनीतिमा रहँदा मिलन गुरुङ उर्फ चक्रे मिलन खासै सार्वजनिक रूपमा देखिँदैनथे। तर पछिल्ला घटनाक्रमले भने यी दुईबीच फेरि एकपटक संयोगपूर्ण चर्चा सुरु गराएको छ।
अघिल्लो चुनावमा मनाङे मनाङबाट प्रदेशसभा सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए। त्यसपछि उनी प्रदेश सरकारमा पटक–पटक मन्त्रीसमेत बने। उता चक्रे मिलन भने संघीय राजनीतिमा प्रवेश गर्ने प्रयासमा थिए। उनले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य बन्ने तयारी गरे पनि प्राविधिक कारणले त्यतिबेला उम्मेदवार बन्न पाएनन्।
पछिल्लो निर्वाचनमा भने चक्रे मिलन एमालेको टिकट लिएर गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने। तर चुनावी मैदानमा उनलाई ठूलो हार बेहोर्नुपर्यो। उनले करिब ३ हजार मत मात्र प्राप्त गरे भने विजयी भएका रास्वपाका कविन्द्र बुर्लाकोटीले २६ हजार ६६० मत ल्याए। चक्रेको जमानतसमेत जफत भएको बताइएको छ।
यसबीच रोचक संयोग पनि देखिएको छ। चक्रे मिलन चुनावमा पराजित भएको दुई दिन नबित्दै दीपक मनाङे जेलमुक्त भएका छन्। उनी काठमाडौंको डिल्लीबजार कारागारबाट बुधबार रिहा भएका हुन्।
मनाङेलाई २०६१ साल वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जमा खुकुरी प्रहार गरेको घटनामा अदालतले ५ वर्ष कैद सजाय सुनाएको थियो। सोही घटनामा चक्रे मिलनको हात काटिएको आरोपमा मनाङे दोषी ठहर भएका थिए। उनले यसअघि विभिन्न चरणमा २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका थिए भने बाँकी १ वर्ष ४ महिना कैद पूरा गरेपछि रिहा भएका हुन्।
मनाङे पछिल्लोपटक २०८१ कात्तिक २७ गते पक्राउ परेका थिए। कानुनी व्यवस्थाअनुसार उनलाई २० प्रतिशत कैद छुटसमेत
#btmrocksnews
