राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा झापाका सात जना नेतामाथि कारबाही गरेको छ। पार्टीले प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई निलम्बन गर्ने निर्णय गरेको हो।

निलम्बनमा पर्ने नेताहरूमा बिर्तामोड नगर सभापति दीपक दिनेश दाहाल, नगर सचिव सृजन अधिकारी, क्षेत्र नम्बर २ का सचिव राजेन्द्र खनाल, भद्रपुर नगर सभापति प्रेम न्यौपाने, जिल्ला सहसचिव भीम कुँवर, क्षेत्र नम्बर ३ का सभापति लक्ष्मण बस्नेत तथा क्षेत्र नम्बर ४ की सभापति लीलामाया बस्नेत रहेका छन्।

पार्टीको अनुशासन आयोगको केन्द्रीय टोलीले यसअघि उनीहरूसँग स्पष्टीकरण मागेको थियो। निर्वाचनअघि झापा पुगेको उक्त टोलीले गरेको प्रारम्भिक छानबिनका आधारमा अनुशासन विपरीत गतिविधि भएको निष्कर्ष निकाल्दै निलम्बनको निर्णय गरिएको जनाइएको छ।

स्रोतका अनुसार, हाललाई निलम्बन मात्र गरिएको भए पनि आवश्यक परे थप कारबाहीसमेत हुन सक्ने संकेत गरिएको छ। कारबाही अघि उनीहरूलाई एक साताको समय दिइएको थियो।

यसअघि पनि रास्वपाका जिल्ला सभापति उमेश खरेल निलम्बनमा परेका थिए। उनको निलम्बनपछि उपसभापति प्रकाश पाठकलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो। पाठक हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट विजयी भएका छन्।

#btmrocksnews

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *