भारतीय प्रधानमन्त्री Narendra Modi ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति Rabi Lamichhane र वरिष्ठ नेता Balen Shah सँग टेलिफोन संवाद गरेका छन्।

फोनवार्ताका क्रममा प्रधानमन्त्री मोदीले दुवै नेतासँग सौहार्दपूर्ण संवाद भएको उल्लेख गर्दै निर्वाचनमा Rastriya Swatantra Party ले हासिल गरेको सफलताप्रति बधाई दिएका छन्। संवादपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नयाँ बन्ने सरकारका लागि शुभकामना व्यक्त गरेका छन्।

साथै, भारतीय सरकारका तर्फबाट नेपालसँग साझा प्रगति, समृद्धि र जनकल्याणका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको पनि उनले बताएका छन्।

प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्ध आगामी दिनमा संयुक्त प्रयासमार्फत अझ मजबुत र उच्च स्तरमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन्।

#btmrocksnews

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *