राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको नयाँ र फरक मापदण्ड सार्वजनिक गरेको छ। अब रास्वपाको तर्फबाट मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष वा सदस्य पदमा उठ्न चाहने जोकोहीले कडा आन्तरिक परीक्षणबाट गुज्रिनुपर्नेछ।

नयाँ मापदण्डअनुसार उम्मेदवार बन्न चाहनेले सबैभन्दा पहिला सम्बन्धित पालिका वा वडाको क्यान्डिडेट क्लब मा आफ्नो आवेदन दर्ता गराउनुपर्नेछ।

आवेदनपछि उम्मेदवारले मुख्यतया ४ चरणको मूल्याङ्कन प्रक्रिया पार गर्नुपर्नेछ, जसको भाराङ्क यसप्रकार तोकिएको छ:

 नेतृत्व परीक्षण (२५% भाराङ्क): ‘लिडरशिप एकेडेमी’ मार्फत लिइने यो परीक्षण पास गर्नु हरेक उम्मेदवारका लागि अनिवार्य शर्त हुनेछ।

 जनसम्बन्ध लोकप्रियता (२५% भाराङ्क): ‘पोलिटिकल प्रोक्सिमिटी’ अन्तर्गत उम्मेदवारको जनतासँगको निकटता र लोकप्रियता नापिनेछ।

 समावेशी सम्बोधन (१०% भाराङ्क): समावेशिताको आधारलाई ध्यानमा राख्दै यो अङ्क प्रदान गरिनेछ।

 आन्तरिक निर्वाचन (४०% भाराङ्क): उम्मेदवार छनोटमा सबैभन्दा धेरै महत्त्व पार्टीको आन्तरिक चुनावलाई दिइएको छ। यसमा पार्टीका क्रियाशील सदस्य, साङ्गठनिक कमिटी र विशिष्ट नेताहरूले मतदान गर्नेछन्।

कडा आचारसंहिता केन्द्रीय समितिको अधिकार

टिकट वितरणमा हुने आर्थिक लेनदेन, धाँधली र गुटबन्दी जस्ता विकृति रोक्न पार्टीले कडा आचारसंहिता लागू गर्ने जनाएको छ। तर, कुनै असाधारण वा विशेष परिस्थिति सिर्जना भएमा भने केन्द्रीय समितिको दुईतिहाइ बहुमतले सिधै उम्मेदवार तोक्न सक्ने विशेष अधिकार पनि राखिएको छ। #news #rsp

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *