शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सभापति लामिछानेले रास्वपासँग आम नागरिकहरुको ठूलो आशा रहेकोबारे आफू जानकार रहेको भन्दै रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरे ।उनले भने, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ, कि मैले हिजो पनि भनेको थिएँ, यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा । नराम्रो केही पनि नगर्नु नै आफैँमा राम्रो गर्ने अवस्था सिर्जना भएको बेलामा म गर्वका साथमा भन्नसक्छु, तपाईंको मत लिएर गएको रास्वपाले सय दिनमा नराम्रो काम एउटा पनि गरेको छैन ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *