प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन हुने हल्लामात्रै भएको बताउनु भएको छन वहाले ढुक्क भएर काम गर्न आईजीपीहरूलाई निर्देशन दिएको पनि बताउनुभयो।

यसअघि प्रहरी महानिरीक्षक परिवर्तन हुने हल्ला चलेको थियो । त्यसबारे आज चितवनमा पत्रकारहरूले प्रधानमन्त्री प्रचण्डसँग पनि जिज्ञासा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले आईजीपी परिवर्तनको हल्लामात्रै चलेको बताउनुहयो ।

‘३ वटै आईजीपी बोलाएर केही परिवर्तन हुँदैन, ढुक्क हुनुस्, काम गर्नुस् भनेको छु’, प्रचण्डले भन्नुमयो, ‘त्यही स्प्रिटमा काम गर्नुस् भनेको छु । आईजीपी परिवर्तन हुँदैन । त्यो हल्लामात्रै हो ।’यसअघि नेपाल प्रहरीका आईजीपी परिवर्तन हुने भन्नेबारे विभिन्न मिडियामा समाचार प्रकाशन भएपछि नेपाल प्रहरीले शनिबार एक विज्ञप्तिसमेत प्रकाशन गरेको छ ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *