नेकपा एमालेले पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ ।बिहीबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जहरु समेत हेरफेर गरेको छ । सचिवद्धय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरिएका छन् अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन् ।कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज तोकिएको छ ।यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । बराल बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटे ।यस्तै मधेशको इन्चार्जमा दाबी गरेका सचिव रघुवीर महासेठलाई अन्तराष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि यो विभागको प्रमुख रहेका राजन भट्टराईलाई भने बागमतीमा इन्चार्ज बनाइएको छ ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *