झापामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ७ हजार ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । अर्थात् ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । एसइईमा झापाबाट कुल १५ हजार ४६२ जना परीक्षार्थी सहभागी थिए । ८ हजार १३७ जना विद्यार्थी नन ग्रेडिङ (असफल) मा परेका छन् । दुई विषयमा अनुत्तीर्ण परीक्षार्थी समेत नन ग्रेडिङमा गणना गर्दा ८ हजार १३७ जना असफल भएका हुन् । तीमध्ये दुई विषयमा फेल भएका उनीहरूले साउन १८ र १९ गते मौका परीक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।

झापामा ३.४ देखि ४ जिपिएसम्म ल्याउने ७४७ जना, ३.२ देखि ३.६ सम्म ल्याउने २ हजार ४५८ जना, २.८० देखि ३.२० सम्म ल्याउने २ हजार ९७२ जना, २.४० देखि २.८० सम्म ल्याउने १ हजार १०३ जना र २.० देखि २.४० सम्म ल्याउने ४५ जना रहेका छन् ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *